काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाकाे मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ ग्रामसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीकाे भजनी नगरपालिका-५ मिलनपुरबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ५ मिलिग्रामसहित घोडाघोडी नगरपालिका-८ बस्ने २१ वर्षीय लक्ष्मण शाहीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.२ प ८५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शाहीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व)काे कावासोती नगरपालिका-१६ चालिस किलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल र फेनारगन ४३ एम्पुलसहित कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३० वर्षीय बिकास गुरुङसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.७ ख २७४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीकाे धरान उपमहानगरपालिका-४ आँपगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय केजी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा जिजे ०१ एचक्यू २४६१ नम्बरको स्कारपियो गाडी रोकी राखेको अवस्थामा फेला पारी शंका लागि गाडी जाँच गर्दा झोलामा प्याक गरी राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला पारेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend