Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडाध्यक्ष र सचिव ५० हजार नगद घुससहित पक्राउ


    बिहिबार, चैत्र ९ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनुषा। जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई प्रहरीले घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई ५० हजार नगद घुस रकमसहित पक्राउ गरेको हो ।

    जग्गा दर्ता कायम गर्ने सरजमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले निज वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई नियन्त्रणमा लिई थप कारबाही अघि बढाइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार