Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारमा जाने/नजाने बारेमा निर्णय लिँदै लोसपा


    बिहिबार, चैत्र ९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दै छ । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोसपाको बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने नेताको छनौटका बारेमा छलफल गर्ने बुझिएको छ । यस्तै बारा–२ मा हुन हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।

    लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरेपनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने रु भन्ने बारेमा पनि बैठकमा छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार