काठमाडौँ। सट्टेबाजी खेलाउने गरेको आरोपमा वान एक्स बेटका ६ जना एजेन्ट पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा जुम्लाका २३ वर्षीय दिलिपसिंह कठायत, २३ वर्षीय भुपालराज न्यौपाने, १९ वर्षीय नयनराज भण्डारी र २८ वर्षीय वरूणकुमार सिंह छन्। यस्तै काठमाडौंका ३२ वर्षीय बासुदेव पाण्डे र काभ्रेका २६ वर्षीया शिवानी तामाङ पक्राउ परेका हुन्।
उनीहरूले बेटिङ कम्पनी वानएक्स बेटमार्फत् सट्टेबाजी गराएको आरोप छ। पक्राउ परेका व्यक्तिहरू माथिल्ला तहका एजेन्ट हुन्।
उनीहरूलाई प्रहरीले मंगलबार काठमाडौं उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायत ठाउँबाट पक्राउ गरेको कार्यालयका प्रमुख एवं एसएसपी मनोजकुमार केसीले जानकारी दिए।
उनीहरूबाट ठूलो मात्रामा सिमकार्ड पनि बरामद भएको छ। प्रहरीले ३४६ थान सिम बरामद गरेको छ।
कठायतले विगत एक वर्षदेखि, न्यौपानेले ९ महिना, भण्डारी र सिंहले ६ महिना, तामाङले ८ महिनादेखि र पाण्डेले एक महिनादेखि एजेन्टको काम गर्दै आएका थिए।
विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएका डिजिटल वालेटहरूमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट देखिएको एसएसपी केसीले बताए। यस्तै, अन्य १५ जनाका ३४ वटा बैंक खाताबाट १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको बेटिङ कारोबार भएको देखिन्छ।
अहिले यी सबै खाता रोक्का गरेर अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट जम्मा ९ करोड ८ लाख १३ हजार १०८ बराबरको कारोबार भएको देखिन्छ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend