Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मेयर हर्क साम्पाङविरुद्ध वडाध्यक्षहरु आन्दोलित, हातमा कालेपट्टी बाँधेर काम गर्दै


    मंगलबार, चैत्र ७ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित भएका छन्। मेयर हर्क साम्पाङ राईले आफूहरुको अपमान गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

    मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूलेले उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुलाई निर्देशनात्मक पत्र पठाएको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर जनताको नियमित काम गरेका छन् । उक्त पत्रले आफूहरुको अपमान भएको वडाध्यक्षहरुले बताए ।

    यसअघि वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले मेयरलाई माफी माग्न २४ घण्टे अल्टिमेटम दिएका थिए । तर, समय सीमाभित्र मेयरले माफी नमागेपछि वडाध्यक्षहरुले आन्दोलनका थप कार्यक्रम अघि बढाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार