काठमाडौं । ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।
चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागूऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो ।
लागूऔषध बरामद भएपछि ई–रिक्सा चालक वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने २० वर्षीय बलजित यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यादवलाई लागुऔषध मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend