Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँ १, बारा २ र चितवन २ मा एकैपटक उपनिर्वाचन हुने


    सोमबार, चैत्र ६ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका निर्वाचन क्षेत्रहरुमा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन-२ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ -१ र बारा-२ मा पनि वैशाख १० गते नै निर्वाचन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रयाद अर्यालले बताए ।

    आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।  जसअनुसार चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने छ ।

    उक्त उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार