Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कहालीलाग्दो अर्थतन्त्रको गीतमात्र गाउने होइन, सुधारको योजना चाहियोः अध्यक्ष माधव  नेपाल


    सोमबार, चैत्र ६ २०७९
    2.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  •  काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘कहालीलाग्दो अर्थतन्त्र’ सुधारको गीत मात्र नगाउन सरकारलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने क्रममा संसदमा बोल्दै अध्यक्ष नेपालले आयात रोकेर मात्र अर्थतन्त्र सुधार नहुने बताउनुभएको छ ।
    ‘हाम्रो निर्यात ९ प्रतिशत छ भने आयात ९१ प्रतिशत छ । आयात र निर्यातको खाडललाई कसरी कम गर्ने ? अहिलेको मुल चुनौति यही हो’ अध्यक्ष नेपालले भन्नुभयो ‘विदेशी मुद्रा संचितिकरण गर्न आयात रोकिएको होला । आयात रोकेर मात्र अर्थतन्त्रको सुधार हुँदैन । विकास र रोजगारले अर्थतन्त्र बलियो हुन्छ ।’
    अध्यक्ष नेपालले बैंक तथा लघुवित्तको विकाराल समस्यालाई समयमा सुल्झाउन सरकारसँग आग्रह गर्नुभएको छ । गठबन्धन टिक्ने या भत्किने दल र नेताको चरित्रमा भरपर्छ अध्यक्ष नेपालले वर्तमान सरकार टिक्ने या भत्किने वर्तमान गठबन्धनका दलहरुको चरित्रमा भरपर्ने बताउनुभएको छ ।
    ‘नेता र दलहरुको ब्यवहारले छिटो–छिटो गठबन्धन बन्ने र भत्किने गरेको छ, यो गठबन्धनको भविष्य पनि ब्यवहारमै निर्भर छ’ अध्यक्ष नेपालले भन्नुभयो ‘बैशाखमै फेरि विश्वासको मत लिने अवस्था सृजना नहोस् । गठबन्धनको दृष्टिकोण स्पष्ट भए पाँच बर्ष टिक्ने दावी अध्यक्ष नेपालले गर्नुभएको छ । ‘यो गठबन्धनको दृष्टिकोण स्पष्ट छ, त्यही भएर पाँच बर्ष टिक्छ ।’ विगतमा दृष्टिकोण खराव हुँदा दुईतिहाईको सरकार पनि ढलेको उदाहरण दिनुभयो ।
    दुई तिहाईको सरकार जनता र संविधानका पक्षमा उभिने नसक्नेपछि ढलेको बताउनुभयो । अध्यक्ष नेपालले बैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाईका समस्यामा अनुदार नहुन सरकारलाई आग्रह गर्नुभएको छ । ‘कतिपय जेलमा हुनुहुन्छ, कतिपय सडकमा नारकीय जीवन विताइरहनुभएको छ, उहाँहरुको समयमा उद्धार गर्न म सरकारलाई आग्रह गर्दछु’ अध्यक्ष नेपालले भन्नुभयो ।
    Seen by Jiban Bc at 4:18 PM
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार