Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीबाट गाँजा र भारतीय नोटसहित भारतीय युवक पक्राउ


    सोमबार, चैत्र ६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सर्लाही। सर्लाहीको विष्णु गाउँपालिका-५ फेन्हराबाट एक जना गाँजा र भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । ४ किलोग्राम गाँजा र १२ हजार भारतीय रुपैयाँसहित भारत सितामढी सुपी थाना मोहनी मण्डल पोष्ट मोहनी मण्डल ग्राम-५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार