पोखरा । फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन् ।
किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतवार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ ।
किशोरीले टिकटकमार्फत आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौन दुर्व्यवहार गरेको जनाएकी थिइन । उनका अनुसार मामा माइजुलाई भन्दा उल्टै गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । जसका कारण आफूले नाडी काटनु परेको तथार आत्महत्याको सोचसमेत आएको उनले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन् ।
टिकटकमार्पफत सो घटना सार्वजनिक भएपछि किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अदालतबाट म्याद थप भएका किशोर माथी अनुसन्धान कार्य अगाडि बढाएईएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend