काठमाडौं । साउदी अरबका विभिन्न कारागार (जेल)मा परेका नेपालीमध्ये अधिकांशलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप लागेको बताइएको छ । साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार दूतावासले सूचनामार्फत यसबारे जानकारी दिँदै यस्तो कार्य नगर्न आग्रहसमेत गरेको हो ।
दूतावासका अनुसार यस्तो कार्यमा लगाउने पनि बढीजसो नेपाली नागरिक नै हुने गरेका छन् । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै व्यक्तिबाट ठगिएको भन्ने गुनासो आएकाले यसबारे सचेत रहन दूतावासले साउदीमा रहेका आफ्ना श्रमिकलाई आग्रह गरेको छ ।
साउदी नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य देशमा पर्छ तर यहाँको कानुन कडा छ । नियम कानुनका बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् । साउदी अरबमा मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend