काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी भएका हुन् ।
निरौलाले २३५ मत पाउदा प्रतिद्वन्द्वी उप्रेतीले २०९ मत पाएकी थिइन्। उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी निर्वाचित भएका छन् ।
महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन्।
सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी र नम्रता खरेल, पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend