Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता हुँदैन् : अध्यक्ष नेपाल


    शनिबार, चैत्र ४ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता हुन नसक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष नेपालले भने, ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन।’

    गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।’

    अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार