Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज देशभरको मौसम


    शनिबार, चैत्र ४ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानमा चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राति कोशी, मधेश र बागमती प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार