Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन नगराउन अदालतको आदेश


    शुक्रबार, चैत्र ३ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र ऋषि राजभण्डारीको संयुक्त इजालाशले सो क्याम्पसमा चैत ५ गते तोकिएको स्ववियु निर्वाचन नगराउन आदेश दिएको हो ।

    ‘विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ । सो को जानकारी विपक्षीहरुलाई दिनू । साथै विषयवस्तुको गम्भीरतालाई दृष्टिगत गरी प्रस्तुत रिट निवेदनलाई अग्राधिकार प्रदान गर्नु,’ आदेशमा उल्लेख छ ।

    नेपाल विद्यार्थी संघ क्याम्पस इकाई कमिटीबाट सभापति उम्मेदवार बनेकी अनुष्ठा चापागाईले फागुन ३० गते त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस अन्तर्गतको अनेरास्ववियु समेत ६ जनाविरुद्ध रिट दर्ता गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार