Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मकवानपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते


    बिहिबार, चैत्र २ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मनहरी गाउँपालिका-६ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

    घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

    चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस बिहीबार अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार