रुपन्देही । जिल्ला अदालत रुपन्देहीको आदेशले सरकारी कागज किर्ते गरेको अभियोगमा पुर्पक्षमा रहेका लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथ दास वैष्णवलाई थुनामुक्त गराउने चलखेल भएको छ । उच्च अदालत बुटवलबाट आजै उनलाई थुनामुक्त गराउने चलखेल भइरहेको छ । महन्थको उपाधिकै बदनाम गर्दैै गैरकानुनी काम गर्नेे बैष्णवको मुद्दाको पेशी आजै राखी छुटाउनेगरी बिचौलियाले सेटिङ मिलाएका छन् ।
सरकारी कागज किर्ते गरेको आरोपमा महोत्तरीबाट पक्राउ परेका महन्तलाई जिल्ला अदालत रुपन्देहीले गत पुस २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका बैष्णवलाई छु्टाउन उच्च अदालत बुटवलमा ठूलै चलखेल भएको छ । जिल्ला अदालतको पुर्पक्षमा राख्ने आदेशबिरुद्ध बैष्णव उच्च अदालत बुटवलमा गएका थिए ।
उच्च अदालत बुटवलमा ठूलै आर्थिक चलखेलमा उनलाई छाड्ने चलखेल भइरहेको स्रोतले दाबी गरेको छ । सरकारी कागजात कीर्ते गरेको आरोपमा थुनामा रहेका बैष्णवले बिरामीको बहानामा अस्पतालमा बसी चलखेल गरेर थुनामुक्त हुन लागेका हुन् । स्वास्थ्यमा समस्या आएको भन्दै प्रहरीसँग सेटिङ गरी उनी पुस सात गतेदेखि नै उनी भैरहवास्थित एक निजी अस्पतालमा भर्ना थिए ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर खाता रोक्का रहेको बैकबाट ७० लाख बढी रकम निकालेको अभियोगमा उनी थुनामा छन् । महन्तसहित २ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएकोमा रकम निकाल्न र किर्ते गर्न सहयोग गरेका अन्य व्यक्तिहरू भने फरार छन् । महन्थलाई पनि छाड्न लागिएकोमा मटिहानी मठदेखि विभिन्न जग्गा संरक्षणमा लागेकाहरु चिन्तित भएका छन् ।
महन्थ बैष्णवका अपराध र भ्रष्टाचारका शृंखला, कीर्ते कर्मदेखि अरबौंका मठमन्दिरका जग्गा बिक्री
लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास वैष्णवले मठमन्दिरको अर्बौ रुपैयाँ पर्ने जमिन बिक्री गरेको आरोप छ । महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त वैष्णव कारबाही प्रक्रियाबाट जोगिन शक्तिकेन्द्रमा हारगुहार गर्दैआएका थिए । तर गएको पुसमा सीडीओकै कीर्ते हस्ताक्षर गरी रोक्का भएको बैंकखाताबाट ७० लाख रुपैयाँ निकालेपछि उनी पक्राउ परेका थिए ।
महन्त जगन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन विभिन्न समयमा बिक्री गरेर हिनामिना गरेको आरोप छ । मठमन्दिरको जग्गा बेचेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोप लागेपछि उनलाई गुठी संस्थानले २०७६ मा निलम्बन गरेको थियो । तर तत्कालीन भूमिब्यवस्था मन्त्री पदमाकुमारी अर्यालले करोडौं घुस लिएर उनको निलम्बन फुकुवा गरेकी थिइन् ।
महन्त जगन्नाथले अर्बौं रुपैयाँका सरकारी मठमन्दिरका जग्गा गैरकानुनी रुपमा बिक्री गरेको र कारबाही हुनबाट जोगिनका लागि पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले जनकपुरमा सञ्चालन गरेको जानकी केयर हेल्थ एन्ड सेन्टरलाई जग्गा उपलब्ध गराएका छन् । राज्यमन्त्री यादव र महन्त जगन्नाथको राम्रो उठबस रहेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend