रुपन्देही । जिल्ला अदालत रुपन्देहीको आदेशले सरकारी कागज किर्ते गरेको अभियोगमा पुर्पक्षमा रहेका लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथ दास वैष्णवलाई थुनामुक्त गराउने चलखेल भएको छ । उच्च अदालत बुटवलबाट आजै उनलाई थुनामुक्त गराउने चलखेल भइरहेको छ । महन्थको उपाधिकै बदनाम गर्दैै गैरकानुनी काम गर्नेे बैष्णवको मुद्दाको पेशी आजै राखी छुटाउनेगरी बिचौलियाले सेटिङ मिलाएका छन् ।
सरकारी कागज किर्ते गरेको आरोपमा महोत्तरीबाट पक्राउ परेका महन्तलाई जिल्ला अदालत रुपन्देहीले गत पुस २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका बैष्णवलाई छु्टाउन उच्च अदालत बुटवलमा ठूलै चलखेल भएको छ । जिल्ला अदालतको पुर्पक्षमा राख्ने आदेशबिरुद्ध बैष्णव उच्च अदालत बुटवलमा गएका थिए ।
उच्च अदालत बुटवलमा ठूलै आर्थिक चलखेलमा उनलाई छाड्ने चलखेल भइरहेको स्रोतले दाबी गरेको छ । सरकारी कागजात कीर्ते गरेको आरोपमा थुनामा रहेका बैष्णवले बिरामीको बहानामा अस्पतालमा बसी चलखेल गरेर थुनामुक्त हुन लागेका हुन् । स्वास्थ्यमा समस्या आएको भन्दै प्रहरीसँग सेटिङ गरी उनी पुस सात गतेदेखि नै उनी भैरहवास्थित एक निजी अस्पतालमा भर्ना थिए ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर खाता रोक्का रहेको बैकबाट ७० लाख बढी रकम निकालेको अभियोगमा उनी थुनामा छन् । महन्तसहित २ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएकोमा रकम निकाल्न र किर्ते गर्न सहयोग गरेका अन्य व्यक्तिहरू भने फरार छन् । महन्थलाई पनि छाड्न लागिएकोमा मटिहानी मठदेखि विभिन्न जग्गा संरक्षणमा लागेकाहरु चिन्तित भएका छन् ।
महन्थ बैष्णवका अपराध र भ्रष्टाचारका शृंखला, कीर्ते कर्मदेखि अरबौंका मठमन्दिरका जग्गा बिक्री
लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास वैष्णवले मठमन्दिरको अर्बौ रुपैयाँ पर्ने जमिन बिक्री गरेको आरोप छ । महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त वैष्णव कारबाही प्रक्रियाबाट जोगिन शक्तिकेन्द्रमा हारगुहार गर्दैआएका थिए । तर गएको पुसमा सीडीओकै कीर्ते हस्ताक्षर गरी रोक्का भएको बैंकखाताबाट ७० लाख रुपैयाँ निकालेपछि उनी पक्राउ परेका थिए ।
महन्त जगन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन विभिन्न समयमा बिक्री गरेर हिनामिना गरेको आरोप छ । मठमन्दिरको जग्गा बेचेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोप लागेपछि उनलाई गुठी संस्थानले २०७६ मा निलम्बन गरेको थियो । तर तत्कालीन भूमिब्यवस्था मन्त्री पदमाकुमारी अर्यालले करोडौं घुस लिएर उनको निलम्बन फुकुवा गरेकी थिइन् ।
महन्त जगन्नाथले अर्बौं रुपैयाँका सरकारी मठमन्दिरका जग्गा गैरकानुनी रुपमा बिक्री गरेको र कारबाही हुनबाट जोगिनका लागि पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले जनकपुरमा सञ्चालन गरेको जानकी केयर हेल्थ एन्ड सेन्टरलाई जग्गा उपलब्ध गराएका छन् । राज्यमन्त्री यादव र महन्त जगन्नाथको राम्रो उठबस रहेको छ ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend