Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • डिडिसीले बढायो दूधको मूल्य, उपभोक्ता मूल्य अब ९० देखि १३० रुपैयाँसम्म


    बिहिबार, चैत्र २ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले आजदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो ।

    निजी डेरी सङ्गठनले यसअघि नै दूधको मूल्य बढाई सकेका छन् । मन्त्रिपरिषद् निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ । आजबाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दूध पाउनेछन्,’डिडिसिका महाप्रबन्धक सञ्जीव झाले भने ।

    उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

    क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अब देखी हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ । सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार