Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा बाराका पूर्वअध्यक्ष पटेल पक्राउ


    मंगलबार, फाल्गुन ३० २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाराका पूर्व जिल्ला अध्यक्ष अजयकुमार पटेल पक्राउ परेका छन् । लिखत सम्बन्धी कसुरमा प्रहरीले जसपाका पूर्वअध्यक्ष पटेललाई पक्राउ गरेको हो ।

    परवानीपुर गाउँपालिका ५ निवासी ४५ वर्षीय पटेललाई मोही नभएको जग्गामा मोही छु भन्ने किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । केन्द्रिय अनुसन्धान ब्युरोको टोली सीआईबीमा परेको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

    मोही नभएको जग्गामा मोही छु भनी झुठो कागजात तयार गरी पटेल विरुद्ध सीआईबीमा उजुरी परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार