Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • राष्ट्रपति पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुले दिइन् बधाई


    सोमबार, फाल्गुन २९ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुले बधाई दिएकी छन्। पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्।

    पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको शुभकामना सन्देशमा भनिएको छ ।

    द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने विश्वास लिएको मुर्मुले दिएको शुभकामना सन्देशमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार