Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ


    सोमबार, फाल्गुन २९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली। धनगढी उपममहानगरपालिका-३ बोराडाडीस्थित बैतडी दोगडा केदार गाउँपालिका-५ घर भएका ३० वर्षीय विरेन्द्र चन्दको चन्द फास्टफुड होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक चन्द सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार रुपैयाँ र एक गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार