काठमाडौं । लागूऔषधसहित काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ मा लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३३ वर्षीय उद्धव पौडेल रहेका छन्। उनको कोठा चेक जाँच गर्दा लुकाई राखेको अवस्थामा औषधीजन्य लागूऔषध, मोबाइलहरू र नगदसमेत फेला परी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनको साथबाट ५१ ट्याब्लेट लागूऔषध, ११ थान सिरिन्ज, रेडमी मोबाइल तीन थान, वन प्लस मोबाइल एक थान, स्यामसुङ मोबाइल १० थान, भिभो मोबाइल तीन थान, वप्पो मोबाइल एक थान र आइफोन दुई थान बरामद भएको प्रहरीको भनाइ छ। यसका साथै उनको साथबाट प्रहरीले नगद २५ हजारसमेत बरामद गरेको छ।
उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend