Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ


    आइतबार, फाल्गुन २८ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दाङमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

    २९ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी बलात्कार गरेको पाइएको प्रहरीले जनाएको। सामूहिक बलात्कार भएको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ परेकाहरुमाथि बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार