Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङबाट ४ लाख ७५ हजार नगदसहित हुन्डी कारोबारी पक्राउ


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङ प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द साहलाई आज प्रहरीले पक्राउ गरेको हो ।

    साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौंचर र एटिएम कार्डसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार