Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँपालिका उपाध्यक्षमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात गरेको आरोप एक जना पक्राउ परेका छन् ।

    पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले रक्सीले मातेर शुक्रबार कार्यकक्षमा प्रवेश गरेर आफूमाथि हातपात गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    चन्दलाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपाध्यक्ष भट्ट भने चन्दविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय पाटन पुगेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार