Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत घुस रकमसहित पक्राउ


    बिहिबार, फाल्गुन २५ २०७९
    2.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

    अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो । यस विषयमा थप अनुसन्धान गर्ने थपलियाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार