Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजधानीबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ


    सोमबार, फाल्गुन २२ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौंबाट २१८ जनालाई पक्राउ गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

    अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने एसएसपी श्रेष्ठले जानकारी दिए ।

    काठमाडौं उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरिएको थियो । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार