Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनलाइनमार्फत लाखौं ठगी गर्ने एक जना पक्राउ


    आइतबार, फाल्गुन २१ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अनलाइनमा लगानी गरेर दोब्बर नाफा हुन्छ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका-६ घर भइ हाल काठमाडौंको नरेफाँट बस्ने २४ वर्षका राज रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनले अहिलेसम्म विभिन्न व्यक्तिसँग ७ लाख ७५ हजार २०० रुपैयाँ ठगेको प्रहरीले बताएको छ ।

    उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार