Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषधसहित अत्तरियाबाट एक महिला पक्राउ


    आइतबार, फाल्गुन २१ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा गोदावरी नगरपालिकाको अत्तरियामा किराना पसल सञ्चालन गर्दै आएकी एक महिला लागूऔषधसहित पक्राउ परेकी छन् ।

    गोदावरी नगरपालिका–१ अत्तरियामा तरकारी बजार नजिक किराना पसल सञ्चालन गर्दै आएका ५४ वर्षीया कुसुम भट्ट अवैध लागूऔषधसहित पक्राउ परेकी हुन् ।

    उनी ३१ ग्राम लागूऔषधसहित शनिबार साँझ पक्राउ परेकी हुन्। उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागूऔषधसहित उनलाई पक्राउ गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार