काठमाडौं । जनकपुर क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित राजदेवी मन्दिरबाट चोरी भएका मूर्ति तथा सुन चाँदी र पितलका गरगहना, पेस्तोललगायत हातहतियारसहित पाँच आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
फागुन १४ गते राति उक्त मन्दिरको ताल्चा फोरेर बहुमूल्य सरसामानहरु चोरी गरिएको थियो । शनिबार पत्रकार सम्मेलन गरी चोरीमा संलग्न भनिएका व्यक्तिहरूलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहम्मद, विदेह नगरपालिका ४ सुन्दरपुर बस्ने २१ वर्षीय मोहम्मद हबगुल्लाह साह, सोही नपा ४ बस्ने २२ वर्षीय नर्सुद्दिन साह र ३० वर्षीय सरिफ मुसलमान तथा कमला नगरपालिका ७ बस्ने २२ वर्षीय रमेशकुमार महतो रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
आरोपीहरुको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने १ थान गोली, १३ थान मोबाइल, ११ हजार ५ सय नगद, मूर्ति, मुकुट आदि गरी करिब २ केजी चाँदी, पूजामा प्रयोग हुने सुन चाँदीका गरगहना, भाँडा वर्तनसँगै ताल्चा फोड्न प्रयोग हुने फलामको छेनी, घन, खुकुरीलगायतका सामानहरु बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
रमदैयास्थित राजदेवी मन्दिरमा जडान गरिएको सीसी टिभी क्यामराको फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष अनुसन्धान टोलीले शुक्रबार विदेह नगरपालिका ४ का सरिफ मुसलमानलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि सरिफकै सूचनाको आधारमा भारततर्फ भाग्दै गरेका रजाक मोहम्मद, हबगुल्लाह शाह,रमेश महतो तथा नर्सुद्दिन शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend