Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली सेनाका उपरथी शाहीलाई बर्खास्त गर्ने सैनिक अदालतको आदेश


    बिहिबार, फाल्गुन १८ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले उपरथी प्रेम शाहीलाई बर्खास्त गरेको छ। सैनिक अदालतले शाहीलाई आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेको हो ।

    उपरथी बाबुराम थापाको नेतृत्वमा गठन भएको कोर्ट अफ इक्वायरीले दिएको प्रतिवेदनका आधारमा उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा जनरल समरी अदालत गठन भएको थियो ।

    यो मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ ।

    नेपाली सेनाले आर्थिक अनियमितताको आरोप भनेपनि महासेनानी शाह र प्रमुख सेनानी तिमसिनालाई सैनिक मुख्यालय हाजिर हुने दिएको लिखित निर्देशनमा उनीहरु सैनिक विद्रोहमा संलग्न रहेको उल्लेख छ ।

    सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी कार्यालय हाजिर हुन पुगेपनि सैनिक मुख्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अदालतले शाहीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने आदेश दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार