काठमाडौं । मोरङमा एक बालकको हत्या आरोपमा दम्पती पक्राउ परेका छन् । सुनबर्सी नगरपालिका– १ मा डिल्लीबहादुर माझीको १४ वर्षीय छोरा विशाल माझीको हत्या आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा छिमेकी ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी श्रीमती ३४ वर्षीया डल्ली पासवान रहेका छन् ।
प्रहरीका अनुसार फागुन ११ गते बेलुकादेखि बालक बेपत्ता थिए। घरबाट खेल्न हिँडेका विशाल घर नफर्किएपछि खोजी गर्ने क्रममा फागुन १७ गते उनको शव घर नजिकैको पोखरीको डिलमा गाडेको अवस्थामा फेला परेको थियो ।
बालकको हत्यामा संलग्न भएको आरोपमा छिमेकी दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि ज्यान सम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीको भनाइ छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend