Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै ३ वर्षीया छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ


    बिहिबार, फाल्गुन १८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाग्लुङ । आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको अभियोगमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । छोरी अरिसा दिनको हत्या गरेको अभियोगमा बाबु सायर दिनलाई प्रहरीले पक्राउ गरेको हो ।

    बागलुङ नगरपालिका १२ अमलाचौर घर भई जैमिनी नगरपालिका ४ सर्कुवा बस्ने २० वर्षीय सायरलाई प्रहरीले पक्राउ गरेको छ ।

    सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    उक्त घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार