काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन्। संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ। राष्ट्रिय पार्टी नभएको र पछिल्लोपटक एमालेले दलको मान्यता दिएर पार्टी एकीकरणसहित राष्ट्रपतिमा गरेको प्रस्तावलाई अस्वीकार गर्दा मुलुकको चौथो कार्यकालका लागि तेस्रो व्यक्ति राष्ट्रपति हुनबाट उनी चुकेको भनिए पनि एमालेसँग विश्वस्त हुन नसक्दा उनी राष्ट्रपतिको प्रस्तावबाट पछि हटेका हुन्।
एमालेका केही सांसदले मत हाल्दैनन् भन्ने सूचनालाई आधार मानेर उनले राष्ट्रपतिको प्रस्तावलाई पन्छाएका हुन्। जानकारहरूका अनुसार शुक्रबार बिहान नेपाल निवास कोटेश्वरमा राष्ट्रिय अनुसन्धान विभागको हवाला दिएर एमालेका आठ संघीय सांसद र १५ प्रदेश सांसदले मत हाल्दैनन् भन्ने जुन सूचना दिइयो, अन्तत:त्यही कारणले शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच भएको भेटघाटमा अविश्वास उत्पन्न भयो।
‘मैले हार्ने चुनाव किन लड्ने ? माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांग्रेसलाई सहयोग गर्नेगरी अघि बढिसके। राष्ट्रपति कांग्रेसले जित्छ, कांग्रेससँग प्रतिस्पर्धा गरेर हार्नुपर्ने अवस्था आउँछ भनेर नेपाल बाहिरिए,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्षले विश्वास दिलाउने आधार दिन्छु भन्दा पनि उनले मानेनन्।’ राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएलगत्तै एमालेले नेकपा एसलाई समेत पत्राचार गरेर पार्टीका रूपमा स्वीकार गरेको छ। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend