Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटलाई उडान गर्न रोक


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एयर होस्टेसमाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगम (नेवानि) का पाइलटहरुलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई जहाज उडाउन रोक लगाएको हो ।

    १२ साउन २०७९ का दिन मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानिको उडान संख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको आरोप लागेको छ ।

    यस विषयमा उजुरी परेपछि प्राधिकरणले पाइलटहरुलाई उडानमा रोक लगाएको छ । प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक गरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार