काठमाडौं । एकैरात तीन बैंकको एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरको गाईघाट घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ घर भई हाल छोरेपाटन बस्दै आएका २१ वर्षीय लुबहादुर गुरुङ अर्जुन हुन् ।
उनीहरुमाथि गएराति करिब १२ बजे पोखरा १०, रामबजारस्थित एनआईसी एसिया बैंक तथा साढे १ बजे पोखरा १५, वनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड र ४ बजे सोही ठाउँकै सांग्रिला विकास बैंकको एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोप छ ।
‘उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । गएको भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ नाकामा अलपत्र परेका ५ सय ७६ जना नेपाली नागरिकहरूको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend