Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्यानको ठक्करबाट बालकको मृत्यु


    मंगलबार, फाल्गुन ९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा। पर्साको ठोरी गाउँपालिका–४ विजय बस्तीस्थित हुलाकी सडकमा आज बिहान भएको सवारी दुर्घटनामा १३ वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा ठोरी–४ कै विश्वास श्रेष्ठ हुन् ।

    हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको भ्यानले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो । कोचिङ क्लास पढेर घर फर्किने क्रममा भ्यानले ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए ।

    प्रहरी चौकी विजयबस्ती पर्साबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते श्रेष्ठलाई उपचारार्थ तराई अस्पताल वीरगञ्जमा ल्याएर भर्ना गरेको थियो । उपचारको क्रममा बिहान सवा १० बजे बालकको मृत्यु भएको हो ।

    दुर्घटनापश्चात फरार रहेका सवारी चालक चितवन माडी नगरपालिका–३ का २५ वर्षीय पदमबिलास पन्तलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार