Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • ग्यास सिलिण्डर विस्फोट हुँदा आठ जना घाइते, चारको अवस्था गम्भीर


    सोमबार, फाल्गुन ८ २०७९
    3.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरीमा ग्यास चुहावट भएर आगलागी हुँदा आठ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका-१७ स्थित सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर विस्फोट हुँदा उनीहरु घाइते भएका हुन् ।

    घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज दिउँसो कोटामा कोसी ग्यासको सिलिण्डर लिक भएपछि मानिस बोलाएर मर्मत गर्ने क्रममा विस्फोट भएको प्रहरीले बताएको छ ।

    घाइते हुनेहरूमा सबिता राई, अञ्जना राई, रामकुमारी राई, साङ्केन राई, सुमिहाङ राई,अनीश कार्की र वासुदेव खड्का हुन् । उनीहरुको उद्धार गरी अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार