Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बालाजु घटनामा दुई डिएसपीलाई कारबाही गर्न सिफारिस


    सोमबार, फाल्गुन ८ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ। प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो।

    बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

    यातायात व्यवसायीको आन्दोलनमा विष्ट चढ्नेसहित दुई वटा प्रहरीको गाडीमा आगजनी र तोडफोड भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार