Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीसीटीभी हेरेर सात महिनामा ४३ सय बढी चालकमाथि कारबाही


    सोमबार, फाल्गुन ८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो सात महिनामा काठमाडौं उपत्यकाभित्र ४३ सय भन्दा बढी सवारी चालकलाई सीसीटीभी हेरेर कारबाही गरिएको छ । ट्राफिक प्रहरीले सीसीटीभीको सहयोगबाट ट्राफिक नियम उल्लंघन गर्ने चालकहरुलाई कारबाही गरेको हो ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेको सीसीटीभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा ३ हजार २९२ जना र ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४३ सय १४ जना चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका अनुसार साउनमा ३४१, भदौंमा ६८०, असोजमा ४८२, कार्तिकमा ३६६,मंसिरमा ६६२, पुसमा ९२५, माघमा ८१४ र फागुनमा ४४ जना चालकलाई कारबाही गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार