सल्यान। सल्यानमा एक महिलाले नै महिलामाथि खुकुरी प्रहार गएकी छन्। ती महिलाले भाउजु नाता पर्ने महिलालाई खुकुरी प्रहार गरेकी हुन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ मुलखोला बस्ने प्रेम ओलीकी श्रीमती ३१ वर्षीया दुर्गा ओलीले नातामा भाउजु पर्ने दुर्गी खड्कालाई शनिबार बेलुका खुकुरी प्रहार गरेकी हुन् ।
खुकुरी प्रहारबाट दुर्गीको घाँटीको बायाँ भाग र कान काटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । आपसमा भएको सामान्य विवादका कारण आवेशमा आएर दुर्गा ओलीले दुर्गी खड्कालाई खुकुरी प्रहार गरेको उनले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएकी दुर्गी खड्काको जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित परोपकार अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ । अहिले उनको नर्सिङ होममा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने दुर्गा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको तर खुकुरी नभेटिएको सूचना अधिकारी प्रहरी निरीक्षक खनालले जानकारी दिए ।
उनलाई ईलाका प्रहरी कार्यालय लुहामको हिरासत कक्षमा राखिएको छ । घटनाको जाहेरी परेमा त्यहिअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीको भनाइ छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend