काठमाडौं । खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ। भारतको महाराष्ट्र राज्यको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा डा.भण्डारीको शुक्रबार दायाँ खुट्टामा जलेको भागमा शल्यक्रिया गरिएको भण्डारीका सहयोगी माधव न्यौपानेले मुम्बईस्थित उक्त अस्पतालबाट जानकारी दिएका हुन् ।
शुक्रबार दायाँ र बायाँ खुट्टाको शल्यक्रिया गर्ने तालिका रहे पनि पहिलो शल्यक्रियाका क्रममा बढी क्षति भएको पाइएपछि दोस्रो शल्यक्रिया हुन नसकेको हो। पहिलो शल्यक्रियाको अवस्थामा सुधार हेरी दोस्रो शल्यक्रिया गरिने न्यौपानेले जानकारी दिए ।
डा. भण्डारीको उपचार मा संलग्न मुख्य सर्जन डा. सुनील के सवानीका अनुसार दायाँ खुट्टामा जलनबाट गहिरो घाउ बने का कारण शल्यक्रियामा लामो समय लागे को थियो । चिकित्सकले बायाँ खुट्टाको घाउ भने त्यति ठूलो नभएको बताएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend