Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज सेना दिवस, राष्ट्रपतिको उपस्थितिमा टुंडिखेलमा विशेष कार्यक्रम


    शनिबार, फाल्गुन ६ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ। नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आईएको हो।

    सो क्रममा सैनिक मञ्चमा विशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउँछ। सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सबारी देखी हेलिकोप्टरवाट पुष्पबृष्टी पनि गरिने छ।

    सोही क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा बिहान ११ बजे विशेष कार्यक्रम गरिने बताइएको छ । यस्तै,उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधिश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका प्रमुख र सदस्यहरु तथा सरकारका उच्चअधिकारीहरुको उपस्थिति रहने छन् ।

    नेपाली सेनाको २६० औं दिवसलाई अझब्य रुपमा मनाउन भारतीय सेनाका पुर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरिएको छ । उनीहरुलाई पहिलो पटक नेपाल आमन्त्रण गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार