Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले फिर्ता लियो संवैधानिक परिषद्सम्बन्धी विधेयक


    शुक्रबार, फाल्गुन ५ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज शुक्रबार सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको हो ।

    आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई आगामी १० गते बस्ने प्रतिनिधि सभाको बैठकबाट फिर्ता लिनेगरी निर्णय भएको बताइन् ।

    यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘स‌ंवैधानिक परिषद काम कर्तव्य,अधिकार र कार्यविधि’सम्बन्धी ऐन २०६६ लाई पटकपटक अध्यादेशमार्फत् संशोधन गरेका थिए।
    ओली सरकारले ल्याएको अध्यादेश सं‌सदबाट पारित हुन नसक्दा स्वत: निष्क्रिय भएको थियो।

    सो सरकारले अगाडि बढाएको उक्त विधेयक विवादमा तानिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार