Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


    शुक्रबार, फाल्गुन ५ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। क्यानडा पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई प्रहरीले पक्राउ गरेको छ ।

    थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार