Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारको निर्णय: पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश गर्ने


    शुक्रबार, फाल्गुन ५ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा अर्को वर्षको क्यालेण्डरमा नै समावेश गरेको छ । सरकारले अब प्रत्येक वर्ष बिदा जनयुद्ध दिवसको बिदा दिने भएको छ।

    शुक्रबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिइन् । साथै गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ ।

    यस वर्ष क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

    अब भने २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार