काठमाडौं। सरकारले कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको हो ।
कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ ।
राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ । सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी फेरी बहन गर्न पाउँछन् ।
सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो । त्यसपछि उनी सांसद बनेपछि पक्राउ परेका थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend