Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेलमा रहेका सांसद चौधरीको माफी मिनाहाको फाइल राष्ट्रपति कार्यालयमा


    शुक्रबार, फाल्गुन ५ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ ।

    महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको हो ।

    कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ ।

    राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ । सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी फेरी बहन गर्न पाउँछन् ।

    सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो । त्यसपछि उनी सांसद बनेपछि पक्राउ परेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार