Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रकाशमान सिंहले भने- अबको राष्ट्रपति कांग्रेसबाटै हुन्छ


    शुक्रबार, फाल्गुन ५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा कांग्रेसको दावी स्वभाविक भएको बताउँदै अबको राष्ट्रपति कांग्रेसबाटै हुने दाबि गरेका छन् ।

    आज नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफ्नो दावी स्वभाविक भएको बताए।

    ‘सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,’´ सिंहले भने। राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनले उहाँले कांग्रेसबाट राष्ट्रपतिको उम्म्दवार को भन्ने चाहिँ खुलाएनन्।

    पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेका छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ। यही विवादका बीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने रणनीतिमा छ ।

    यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार