Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुस दिएको बयान अदालतमा फेरेपछि भ्रष्टाचार मुद्दा दायर


    शुक्रबार, फाल्गुन ५ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। विशेष अदालतमा अदालतसमक्ष प्रतिकूल बकपत्र गर्ने ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर लगायतविरुद्ध परेको घूस रिस्वतसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका व्यक्तिहरूले प्रतिकूल बकपत्र गरेको पाइएपछि शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

    मुद्दा दायर गरिएकामा बद्री आचार्य भन्ने समुद्र आचार्य, चीरञ्जीवि आचार्य र रत्नप्रसाद आचार्य छन् ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समुद्र र चीरञ्जीविविरुद्ध २९ हजार तथा रत्नप्रसादविरुद्ध ८५ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार