Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाकाे मृत्यु


    शुक्रबार, फाल्गुन ५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।

    चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई आज शुक्रबार बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।

    दुर्घटनामा कास्कीको निर्मल पोखरी २ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार